Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

नवनियुक्त प्रधानमन्त्री देउवा संगै चार मन्त्रीको सपथ ग्रहण 

2 months ago
नवनियुक्त-प्रधानमन्त्री-देउवा-संगै-चार-मन्त्रीको-सपथ-ग्रहण-

असार २९ । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरे पछि देउवाले शपथ लिएका हुन । यस्तै मंगलबार नै चार जना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नेपाली काग्रेस र माओवादीका २–२ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन । गृहमन्त्रीमा नेपाली काग्रेसको तर्फबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्र बहादुर कार्कीले कानुन मन्त्रीको सपथ लिएका हुन । माओवादी केन्द्रबाट जर्नादन शर्मा प्रभाकर अर्थ र पम्फा भुसाले उर्जा मन्त्रीको सपथ लिएका छन ।