Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

देवदह नगरपालिकाको वजेट १ अरब ४ करोड २८ लाख २४ हजार कृषि र पर्यटन विकासमा जोड

2 months ago
देवदह-नगरपालिकाको-वजेट-१-अरब-४-करोड-२८-लाख-२४-हजार-कृषि-र-पर्यटन-विकासमा-जोड

असार २६ । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि १ अरब ४ करोड २८ लाख २४ हजारको वजेट ल्याएको छ । शुक्रबार नवौँ नगर सभामा बोल्दै नगर प्रमुख हिरा बहादुर खत्रीले वजेटमा कृर्षि र पर्यटनलाई जोड दिएको बताए । नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङले नगर सभामा पेश गरेको वजेटमा आन्तरिक आय २४ करोड ५६ लाख ९५ हजार १ सय ४३, लुम्बिनी प्रदेशबाट प्राप्त ५८ करोड ३६ हजार ८ सय ५७ र संघिय सरकारबाट प्राप्त ७३ करोड ९० लाख ९२ हजार आय अनुमान गरीएको छ । आर्थिक बर्ष २०७८/०७९ का लागि नगरपालिकाले आर्थिक विकासमा तर्फ ३ करोड ५९ लाख, सामाजिक विकासमा २४ करोड ४ लाख ३० हजार, पुर्वाधार विकासमा २ करोड ४३ लाख, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ६६ लाख ५० हजार, संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड ६० लाख ३० हजार, नगर प्रमुख उपप्रमुख सम्बोधित कार्यक्रममा ६० लाख, प्रदेश र संघिय सरकारको शशर्तमा २७ करोड ३० लाख ४४ हजार, वडा कार्यालयमा ११ करोड ४२ लाख, प्रदेश र संघिय सरकारको समपुरकमा १० करोड, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम विशेष अनुदानमा ७० लाख र गत बर्षको क्रमागत योजनामा ६५ करोड वजेट विनियोजन गरेको छ । जसमा सहकारीमा ५ लाख, पर्यटनमा ५४ लाख, भुमि व्यवस्थामा १ करोड ५० लाख, कृर्षि सेवामा ७५ लाख, पशु सेवामा ७५ लाख, महिला लक्षित कार्यक्रममा १० लाख युवा लक्षित कार्यक्रममा ११ लाख, जेष्ठ नागरिक लक्षित कार्यक्रममा १५ लाख, दलित लक्षित कार्यक्रममा १६ लाख, आदिवासी जनजाति लक्षित कार्यक्रममा २१ लाख ५० हजार, मधेसी मुस्लिम पिछडा वर्ग अल्पसंख्यक लोपउन्मुख लक्षित कार्यक्रममा ११ लाख अपाङ्ग लक्षित कार्यक्रममा ५ लाख ५० हजार, बालवालिका लक्षित कार्यक्रममा १० लाख, महिला तथा बालबालिक लक्षित कार्यक्रममा, ३० लाख, स्वास्थ्यमा ६५ लाख, शिक्षामा ३ करोड १४ लाख ८० हजार, बालमैत्री शासनमा १४ लाख ५० हजार, प्रधानमन्त्री रोजगार कार्यक्र अन्र्तगत २, पूर्वाधार विकासमा २ करोड ४३ लाख, विपद व्यवस्थापनमा १ करोड ६६ लाख ५० हजार र संस्थागत विकास तथा सेवा प्रवाहमा १६ करोड ६३ लाख विनियोजन गरीएको छ । आर्थिक बर्ष २०७७/०८७ को प्रगति विवरण पेश गर्दै नगरप्रमुख खत्रीले विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताए । उनले कोरोना महामारीले नित्याएको संकटको सामना गर्न मद्धत गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । यस आर्थिक बर्षमा कृषि क्षेत्रको विकासमा उल्लेख्य काम गरेको जानकारी दिए । नगर सभा असार २९ गते सम्मका लागि स्थगन गरीएको छ ।