Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

माओवादीले कोरोना संक्रमितको साहायताका लागि स्वयम सेवक कमिटी गठन गर्ने

5 days ago
माओवादीले-कोरोना-संक्रमितको-साहायताका-लागि-स्वयम-सेवक-कमिटी-गठन-गर्ने

बैशाख १९ । नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नम्बर १ ले कोरोना संक्रमितको साहायताका लागि स्वयम सेवक कमिटी गठन गर्ने भएको छ । आइतबार बसेको सो पार्टीका नेताहरुको बैठकले स्वयम सेवक कमिटी गठन गर्ने निर्णय गरेको संयोजक गोविन्द पंगेनीले जानकारी दिनु भयो । यस क्षेत्रमा पर्ने पालिकाका प्रत्येक वडामा १५ जना सदस्य रहने गरी कमिटी गठन गरीने सो पार्टीले बताएको छ । स्वयम सेवक कमिटीले सुचना प्रवाह, अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयोग गर्ने, स्थानिय तह संग समन्वय गर्ने, खाद्यान्न नभएको स्थानमा खाद्यान्न पु¥याउने र पार्टीको उपल्लो कमिटीलाई रीपोटिङ गर्ने काम गर्नेछ । बैठकमा नेताहरु गोविन्द पंगेनी, कृष्ण ढकाल, धन बहादुर गुरुङ, केदार काफ्ले, शिव कुमार धवल, गणेश कुमार खाती, प्रमोद यादव युवा नेता प्रशान्त गैह्रे, प्रेस संगठनका जिल्ला सदस्य टंक सुनार र प्रेस संगठनका निर्मल थापाले बोल्दै संकटको समयमा पार्टीले बिशेष भुमिका खेल्नु पर्ने बताउनु भयो । 

Recent News