Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

देवदहमा डाक्टर सहितको अस्थाई कोरोना अस्पताल निर्माण 

6 days ago
देवदहमा-डाक्टर-सहितको-अस्थाई-कोरोना-अस्पताल-निर्माण-

बैशाख १८ । कोरोना संक्रमितको संख्या बृद्धि हुन थाले पछि रुपन्देहीको देवदह नगरपालिकाले २० शैयाको अस्थाई कोरोना अस्पताल निर्माण गरेको छ । देवदह–७ शित्तनरमा रहेको नेपाल मगर संघको भवनमा अस्थायी अस्पताल निर्माण गरीएको देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनु भयो । अस्पतालमा एक जना मेडिकल अधिकृत डाक्टर सहित ३ जना नर्स, एक जना पारामेडिकल र २ जना सहयोगी रहने देवदह नगरपालिकाका जनजस्वास्थ्य अधिकृत काशिनाथ वञ्जाडेले बताउनु भयो । अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर राख्ने तयारी रहेको उहाँले बताउनु भयो । लक्षण देखिएका विरामीलाई मात्रै अस्पतालमा राखेर उपचार गरीने र अवस्था जटिल बने तत्काल कोरोना विशेष अस्पताल लैजाने व्यवस्था गरीएको बताइएको छ । अस्पताल आइतबार देखि सञ्चालनमा आउने छ । देवदहमा हाल सम्म ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १८ जनाको मृत्यु भएको भने सक्रिय संक्रमितको संख्या १ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १७ पुरुष र ६ महिला गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।   

Recent News