Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

रगत अभा हुन नदिन नियमित रक्तदाता संघको रक्तदान 

6 days ago
रगत-अभा-हुन-नदिन-नियमित-रक्तदाता-संघको-रक्तदान-

बैशाख १८ । कोभिडको महामारीले हरेक क्षेत्र थला परेको अवस्थामा कोही पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस भनेर नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार वृहत रक्तदान कार्यक्रम गरेको छ । निषेधाज्ञाको समयमा आयोजना गरिएको कार्यक्रममा ८५ प्वाईन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक राजु रसाईलीले बताउनु भयो । सो अवशरमा सुनचाँदी व्यवसायी महासंका केन्द्रिय सदस्य तथा समाज सेवी मान बहादुर बिश्वकर्माले नियमित रक्तदाता संघको संस्थागत विकासका लागि ५० हजार प्रदान गर्नु भएको छ । संस्थाले हरेक महिनाको तेस्रो शनिवार नियमित र आवश्यकता परेको समयमा आकर्षमिक रुपमा पनि रक्तदान गर्ने गरेको अध्यक्ष दया सिलवालले बताउनु भयो ।

Recent News