Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४३२ जना कोरोना संक्रमित थपिए

6 days ago
पछिल्लो-२४-घण्टामा-रुपन्देहीमा-थप-४३२-जना-कोरोना-संक्रमित-थपिए

वैशाख १८ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४३२ जना कोरोना संक्रमित थपिएका छन । कुल ६९० जनाको पिसिआर परिक्षण गर्दा १८१ महिला र २५१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै कुल संक्रमितको संख्या १२९४९ र निको हुनेको संख्या ९४६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन भने ज्यान गुमाउनेको संख्या २०० पुगेको छ । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३२८२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार निको हुने ७३ प्रतिशत मृत्यु हुने २ प्रतिशत र सक्रिय संक्रमितको २५ प्रतिशत रहेको छ । लक्षण देखिएका संक्रमित ६९ जना रहेको र होम आइसोलेसनमा ३२१३ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरीएको छ । 

Recent News