Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

राप्रपा देवदहद्धारा पत्रकार तथा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

6 days ago
राप्रपा-देवदहद्धारा-पत्रकार-तथा-प्रहरीलाई-स्वास्थ्य-सामाग्री-प्रदान

वैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदहले पत्रकार तथा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शनिबार राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले प्रहरी चौकी खैरेनी देवदहका प्रहरी निरीक्षक दिपक महत क्षेत्री र पत्रकार गोविन्द घर्तीलाई मास्क सेनिटाइजर हस्तान्तरण गर्नु भएको हो । सो अवशरमा बोल्दै उहाँले विश्वभर फैलिएको कोरोना महामारीको समयमा फ्रन्ट लाइनमा रहेर शान्ति सुरक्षा र सुचना प्रवाह गर्नु पर्ने भएकाले सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । कार्यक्रममा राप्रपा देवदह अध्यक्ष माधव रीमाल, राप्रपाका नेताहरु हेम लाल गौतम, लक्ष्मण चौधरी, दुधनाथ यादव, धनराज भुर्तेल लगायतको उपस्थिती रहेको थियो । राप्रपा देवदहले गत बर्ष पनि स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । 

Recent News