Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

सैनामैनाको कोभिड अस्पतालमा संक्रमितद्धारा झुण्डिएर आत्महत्या

6 days ago
सैनामैनाको-कोभिड-अस्पतालमा-संक्रमितद्धारा-झुण्डिएर-आत्महत्या

वैशाख १८ । रुपन्देहीका एक जना कोरोना संक्रमितले आत्म हत्या गरेका छन । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन । वैशाख १६ गते कोरोना पोजेटिभ देखिए पछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिनु भयो । स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको पाण्डेले बताउनु भयो । तीन दिन अघि देखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यस अघि बुटवलमा बेड नपाएर भर्ना भएका एक जना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन ।

Recent News