Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई पक्राउ, एक हजार वढी सवारी साधन होल्ड

1 week ago
निषेधाज्ञाको-अवज्ञा-गर्ने-आठ-जनालाई-पक्राउ,-एक-हजार-वढी-सवारी-साधन-होल्ड

बैशाख १७ । रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्लामा संक्रमणको ग्राफको बढे संगै स्थानीय प्रशासनले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गर्दा पक्राउ पर्नेमा काठमाडौँमा ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्थगरका–९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन । निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी एंव प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनु भयो । पक्राउ परेकालाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गर्नु भएको थियो । जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको रकम दाखिला गरे पछि छाडिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउदाँ उनीहरुलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताउनु भयो । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

Recent News