Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

सरकारले वैदेशीक रोजगारीको नाममा वैधानिक हिसाबले महिला बेच्ने काम गर्यो : पहाडी

2 weeks ago
सरकारले-वैदेशीक-रोजगारीको-नाममा-वैधानिक-हिसाबले-महिला-बेच्ने-काम-गर्यो-:-पहाडी

बैसाख १० । संविधान सभा सदस्य एवम राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले नेपाल सरकारले वैदेशीक रोजगारीको नाममा वैधानिक हिसाबले पासपोर्ट दिएर गाउँ–गाउँमा ऐजेन्ट पठाएर महिलाई बेच्ने काम गरेको आरोप लगाउनु भएको छ । शुक्रबार भैरहवामा माइती नेपाल भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले व्यापार व्यवसायका लागि भारत जाने व्यक्तिले उजुरी पर्यो भने मानव वेचविखनको मुद्धा खेप्नु पर्ने तर संस्थागत हिसाबले काठमाडौँ दिल्ली र मुम्बइमा कार्यालय खोलेर काम गर्ने अनि रातारात अरबपती हुने राज्यले कानुनको दायरामा नल्याउने कारण गर्दा वेचविखनको समस्या झन जटिल बन्दै गइरहेको बताउनु भयो । गरीबका झुप्रा छाप्रामा गएर ललाई फकाई गरेर संस्थागत हिसाबले नै मानव वेचविखनको कार्य चलिरहँदा पनि सरकारले केही नगरेको उहाँको आरोप छ । जतिसुकै वहस छलफल चले पनि राज्यको ध्यान जान नसकीरहेको अवस्थामा राज्यको ध्यान आकृष्ट बनाउनका लागि माइती नेपाल जस्ता सामाजिक संघ संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । उहाँले मानव वेचविखनको समस्या समाधानका लागि सञ्चार क्षेत्रबाट विशेष भुमिका खेल्न पत्रकारहरु संग आग्रह गर्नु भयो । वेचविखनमा परेको उद्धार गरीएका चेलीवेटीको जिम्मा सरकारले लिनु पर्ने नेता पहाडीको भनाई छ । उहाँले प्रहरीले उद्धार गरेको पिडितलाई सरकारका मन्त्रीले नै चिट्ठी लेखेर माइती नेपालमा पठाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै तीन तहका सरकारले यसमा चासो नदिएको आरोप लगाउनु भयो । उहाँले सरकारका निकायहरुलाई क्रियाशिल नबनाउँदा सम्म यो समस्या समाधान नहुने भन्दै गैर सरकारी संस्थाले गरेको काम प्रभावकारी हुने तर सरकारले गरेको काम किन प्रभावकारी नहुने भन्दै प्रश्न समेत गर्नु भयो । वेचविखनमा परेर उद्धार गरीएका महिलाहरुको सामाजिक पुनस्थापनाको बारेमा कसैले पनि चासो नदिएको भन्दै उहाँले उद्धारमा मात्रै नभई पूनस्थापनामा पनि ध्यान दिन यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरु संग आग्रह गर्नु भयो । सोही कार्यक्रममा बोल्दै माइती नेपाल भैरहवा प्रमुख मायाँ केसीले महिलाहरु आफन्तहरुबाटै वढी वेचिने गरेको बताउनु भएको छ । आफ्नै फुपु, माइजु आदीबाट वेचविखनको कार्य चलिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो । उहाँले माइती नेपालले मानववेचविखनको सम्भावित स्थानहरुको खोजी कार्यलाई तिव्रता दिएको जानकारी दिनु भयो । केसीका अनुसार यस बर्ष मात्रै सिमा नाकाबाट १ सय ८७ र भारतबाट १० जनालाई उद्धार गरेको छ । त्यस्तै १ वटा मानव वेचविखनको मुद्धा चलेको र ३६ जनाको खोजतलासको निवेदन परेको उहाँले जानकारी दिनु भयो ।   

Recent News