Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

नेपाल जेसिजको एरिया डी को प्रेसिडेन्ट मिटिङ देवदहमा हुने

2 weeks ago
नेपाल-जेसिजको-एरिया-डी-को-प्रेसिडेन्ट-मिटिङ-देवदहमा-हुने

बैसाख ४ । नेपाल जेसिजको एरिया डी को प्रेसिडेन्ट मिटिङ देवदहमा हुने भएको छ । हरेक बर्ष एरिया डी अन्र्तगतका पचास शाखाका अध्यक्षहरुको बैठक फरक–फरक स्थानमा बस्ने गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर बैसाख ११ गते हुने मिटिङको आतिथ्यता देवदह जेसिजले गर्न लागेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै देवदह जेसिजका अध्यक्ष केशवराज पराजुललीले बैसाख १० गते राती गला नाइटको आयोजना गरीएको र ११ गते बिहान इरिक्सामा ¥याली सहित अतिथिहरुलाई देवदहका ऐतिहासिक स्थानहरु घुमाउने कार्यक्रम रहेको जानकारी दिनु भयो । उहाँका अनुसार बैसाख ११ गते दिउँसो ५० शाखाका अध्यक्षहरुको बैठक बस्नेछ । कार्यक्रमको आयोजना गर्नका लागि करीब ६ लाख ६९ हजार ५ सय खर्च अनुमान गरीएको कार्यक्रम संयोजक बिष्णु न्यौपानेले बताउनु भयो । खर्च देवदह जेसिजको आन्तरीक स्रोत र प्रवेश शुल्कबाट व्यवस्थापन गरीने उहाँले जानकारी दिनु भयो । कार्यक्रमले देवदह क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सघाउने पुग्ने देवदह जेसिजले विश्वास लिएको छ ।   

Recent News