Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

तत्काल माओवादी संग पार्टी एकता संम्भव छैन : भुषाल

3 weeks ago
तत्काल-माओवादी-संग-पार्टी-एकता-संम्भव-छैन-:-भुषाल

बैसाख २ । नेकपा एमालेका नेता घनश्याम भुषालले तत्काल माओवादी संग पार्टी एकता सम्भव नभएकाे बताउनु भएकाे छ । बिहिबार बुटवलमा प्रेस चाैतारी नेपालले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै आफू एमाले एकताकै पक्षमा रहेकाे बताउनु भयाे । अहिलेकाे पहिलाे प्राथमिकता एमालेकाे एकता जाेगाउने उल्लेख गर्दै त्यस पछि मात्रै वाम गवन्धन र कम्युनिस्ट पार्टीहरू विच एकताकाे बिषयमा साेच्न सकिने उहाँकाे भनाइ छ । प्रधानमन्त्री ओलीकाे दम्भका कारण पछिल्लाे राजनैतिक संकट देखा परेकाे भन्दै पार्टीकाे भविष्य के हुन्छ भन्ने कुरा ओलीकाे कदममा भर पर्ने बताउनु भयाे । ओली सत्ता बाहिर बस्नै नसक्ने आराेप लगाउँदै नेता भुषालले ओेलीले सत्ता लिप्सा छाडे फेरी कम्युनिस्ट पार्टी कै नेतृत्वमा सरकार बन्न सक्ने बताउनु भयाे । निर्वाचन सम्म पनि ओेलीले कार्वाही गरीरहे तपाईहरूकाे राजनैतिक भविष्य के हुन्छ भन्ने संञ्चारकर्मीकाे प्रश्नकाे जवाफ दिदै नेता भुषालले हर्सिनापुरकाे कथा सुनाउनु भयाे । पाण्डपहरूले काैरवहरू संग खुट्टा टेक्ने जमिन मात्रै मागेकाे उल्लेख गर्दै उहाँले नदिए साेही अनुरूप अघि वढ्ने बताउनु भयाे । आफु सधैँ पार्टी एकताकाे पक्षमा रहेकाे दाबी गर्दै नेता भुषाले प्रधानमन्त्री ओलीले पार्टी भित्र विभाजनकाे रेखा काेरेकाे आराेप लगाउनु भयाे ।

Recent News