Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

छुवाछुत अन्त्यका लागि सामुहिक प्रयास आवश्यक

3 weeks ago
छुवाछुत-अन्त्यका-लागि-सामुहिक-प्रयास-आवश्यक

बैसाख २ । छुवाछुत अन्त्यका लागि सामुहिक प्रयास गर्नु पर्नेमा अधिकारकर्मीहरूले जोड दिएका छन । बुधबार अम्बेडकर सोशियल फाउन्डेसन लुम्बिनीले बुटवलमा डा.भिमराव अम्बेडकरको १ सय ३० औँ जन्मजयन्ती तथा नव बर्ष २०७८ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकारकर्र्मीहरूले दलित समुदायलाई संगठित गर्न डा.अम्बेडकरले पु¥याएको योगदानको स्मरण गरेका छन । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य नेत्र पन्थीले सामाजिक रूपान्तरणका लागि एकता र सहकार्य आवश्यक रहेको बताउनु भयो । तर्क वितर्क र आन्तरीक संघर्ष फुटका लागि नभई एकताका लागि हुनु पर्नेमा उहाँले जोड दिनु भयो । बरिष्ठ पत्रकार एवम बुद्ध बिषयका जानकार डा.बालकृष्ण चापागाइले बुद्धकालिन समयमा चरम विभेद रहेको बौद्ध शास्त्रहरूमा उल्लेख रहेको बताउनु भयो । महामानव बुद्धले सधैँ अपहेलित मानिसहरूलाई लिएर हिडेको स्मरण गर्दै उहाँले छुवाछुत समस्या समधान गर्न अन्तरघुलन आवश्य रहेकोमा जोड दिनु भयो । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एच.बि रम्तेलले दलित समुदायको अधिकार प्राप्तीका लागि संगठित हुन आवश्यक रहेको बताउनु भयो । संगठन निर्माण गरेर अघि वढ्दा विभिन्न समयमा जनपक्षिय आन्दोनहरू सफल भएको उदाहरण दिदै छुवाछुत अन्त्यका लागि संगठित अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले छुवाछुत अन्त्यका लागि सञ्चार माध्यमहरूले काम गरीरहेको बताउनु भयो । अधिवक्ता एवम नागरिक अगुवा पदम कार्कीले विभेद अन्त्यका लागि गैर दलित समुदायले पहलकद्मी लिनु पर्ने बताउनु भयो । शोषितहरूको भावना शोषक बर्गले नबुझ्दा सम्म परिवर्तन सम्भव नहुने उहाँको भनाई छ । लेखक मनिकर कार्कीले समानताका पक्षमा निरन्तर कलम चलाउनु पर्ने बताउनु भयो । पत्रकार तथा अधिकारकर्मी ईन्दिरा अर्यालले नेपाली समाजमा मान्छेले मान्छेलाई विभेद गर्ने लाजमर्दो अवस्था रहेको बताउनु भयो । शिक्षित युवाहरूलाई पुराना संस्कार विरूद्ध आवाज उठाउने हिम्मत गर्न आग्रह गर्नु भयो । नेपाली काग्रेँका बुटवल सभापति खेलराज पाण्डेले विभेद अन्त्यका लागि राजनैतिक दलहरूले विभिन्न समयमा सचेतनाको काम गरेको बताउनु भयो । पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियारले डा.बाबा साहेब अम्बेडकरले जटिल समयमा काम गरेको स्मरण गर्दै अहिले पुस्ताले काम कामको रफ्तारलाई अझ वढाउनु पर्ने बताउनु भयो । रूपन्देही कोषाध्यक्ष सञ्जय सौगात बिश्वकर्माले अग्रजहरूको कामको सिको गर्नु पर्ने बताउनु भयो । कार्यक्रम अम्बेडक सोसियल फाउन्डेसन लुम्बिनीका अध्यक्ष विनोद पहाडीको अध्यक्षता, सदस्य राजु रोकाको स्वागत र राष्ट्रिय दलित पत्रकार संघका नेपाल रूपन्देहीका अध्यक्ष टंक सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Recent News