Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

पत्रकारले राजनैतिक दललाई लेसन दिनु पर्छ : मन्त्री बराल

3 weeks ago
पत्रकारले-राजनैतिक-दललाई-लेसन-दिनु-पर्छ-:-मन्त्री-बराल

चैत्र २९ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारहरूले राजनैतिक दलहरूलाई लेसन दिनु पर्ने बताउनु भएकाे छ ।  आइतबार बुटवल मिडिया प्रालिले प्रकाशन प्रालिले आयाेजना गरेकाे नेपाल पत्रकार महासंघकाे नव निर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै परिणाम आए संगै प्रतिस्पर्धा सकिएकाले सहकार्य गरेर अघि वढ्नु पर्ने बताउनु भयाे । उहाँले नवनिर्वाचित महासंघका पदाधिकारीहरूलाई श्रमजिव पत्रकारकाे पक्षमा काम गर्न सुझाउनु भयाे । मन्त्री बरालले पत्रकरहरू आवाज विहिनकाे आवाज बन्नु पर्ने भन्दै सकारात्मक चुनाैती स्वीकार गर्नु पर्ने बताउनु भयाे । कार्यक्रममा बाेल्दै संविधान सभा सदस्य  नेत्र पन्थीले अग्रज र अनुजले अनुभवकाे आदानप्रदान गर्नु पर्ने बताउनु भयाे । उहाँले समाजलाई अग्रगमनकाे पक्षमा लाग्न आग्रह गर्नुभयाे । संविधान सभा सदस्य विनाेद पहाडीले राजनितिलाई अलग राखेर पत्रकारीता नहुने बताउनु भयाे । मिसन विनाकाे पत्रकारीता नहुने भन्दै अब पत्रकाहरूले सामाजिक रूपान्तरणकाे मिसनमा काम गर्नु पर्नेमा जाेड दिनु भयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, नेकपा एमाले रूपन्देही अध्यक्ष राजु गुरूङ, बरिस्ठ पत्रकार हरी लम्साल, कर्ण बहादुर कार्की, नारायण सापकाेटा, महासंघ रूपन्देही अध्यक्ष रामराज पाेख्रेल, कविलवस्तु अध्यक्ष किरणमान बज्रचार्य, रूपन्देही उपाध्य अमृता पाण्डेय र लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले बाेल्नु भएकाे थियाे । कार्यक्रम मिडियाका प्रवन्ध निर्देशक एवम दैनिक पत्र दैनिकका प्रधान सम्पादक डा.बालकृष्ण चापागाइकाे अध्यक्षता र जनसंघर्ष साप्ताहिकका सम्पादक राम प्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Recent News