Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

सरकार परीवर्तनकाे सकारात्मक संकेत देखिएकाे छ : मन्त्री केसी

3 weeks ago
सरकार-परीवर्तनकाे-सकारात्मक-संकेत-देखिएकाे-छ-:-मन्त्री-केसी

चैत्र २९ । लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा कानुनमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार परीवर्तनका लागि सकारात्म संकेत देखा परेकाे बताउनु भएकाे छ । आइतबार रीपाेर्टस क्लब लुम्बिनीले आयाेजना गरेकाे पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी सम्मान कार्यक्रममा बाेल्दै प्रदेश सरकार परीवर्तनका लागि छलफल चलिरहेकाे बताउनु भएकाे हाे । केन्द्रकाे राजनैतिक प्रभाव प्रदेशमा पनि देखिने उल्लेख गर्दै उहाँले दलकाे निर्देशन विपरीत जान सक्ने अवस्था कसैकाे पनि नरहेकाे बताउनु भयाे । केन्द्रका देखिएकाे राजनैतिक गतिराेधले चाँडै निकास पाउने मन्त्रीले विश्वास व्यक्त गर्नु भयाे । उहाँले निर्वाचनकाे समयमा फरक-फरक संगठनबाट उमेद्वार भए पनि निर्वाचन पछि सबैकाे भावना समेटेर अघि वढ्न महासंघकाे नवनिर्वाचित नेतृत्वलाई सुझाव दिनु भयाे । मन्त्री केसीले प्रदेशकाे संरचना नयाँ भएकाले व्यवहारीक हिसाबले संस्थागत गर्न पत्रकार महासंलाई आग्रह गर्नु भयाे । कार्यक्रममा बाेल्दै पत्रकार महासंघ लुम्बिनीका सचिव विक्रम खड्काले सरकारले नयाँ संरचना निर्माण गर्दा पत्रकार महासंघकाे संरचना पनि समेट्न आग्रह गर्नु भयाे । उहाँले पत्रकारका लागि सरकारले विनियाेजन गरेकाे बजेट फ्रिज हुने अवस्था आउन नदिने प्रतिवद्दता व्यक्त गर्नु भयाे । पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पाेख्रेलले पत्रकार महासंलाई साझा फुलबारी बनाउने बताउनु भयाे । महासंघ रूपन्देहीमा सबै आस्थाका पत्रकारहरू समेटीएकाे भन्दै उहाँले सबैकाे भावना समेटेर अघि वढ्ने वताउनु भयाे । महासंघकी महिला उपाध्यक्ष अमृता अनमाेलले पत्रकारहरूकाे साझा हितका पक्षमा काम गर्ने बताउनु भयाे । 

Recent News