Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

नयाँ शिराबाट पार्टी निर्माणको दिशामा लाग्नु पर्नेमा नेता क्षेत्रीको जोड

3 weeks ago
नयाँ-शिराबाट-पार्टी-निर्माणको-दिशामा-लाग्नु-पर्नेमा-नेता-क्षेत्रीको-जोड

चैत्र २८ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले नयाँ शिराबाट पार्टी निर्माणको दिशामा लाग्नु पर्ने बताउनु भएको छ । शनिबार माओवादी केन्द्रको बुटवल उपमहानगर कमिटीको विस्तारीत बैठकमा बोल्दै उहाँले टुटफुटका कारण माओवादीको एजेण्डा स्थापित हुँदा पनि माओवादी कमजोर भएको बताउनु भयो । उहाँले एकताका लागि सम्पूर्ण माओवादी धारका पार्टीहरुलाई आह्वान समेत गर्नु भयो । उहाँले माओवादी पार्टीमा टुटफुटको अवस्थामा पनि अहंकार अझै नगएको दुखेसो गर्नु भयो । नेता क्षेत्रीले पार्टी भित्र सिद्धान्त भन्दा पनि व्यक्ति स्थापित हुने प्रचलन वढेकाले निरासा छाएको बताउनु भयो । उहाँले संगठन मातहत मान्छे हुनु पर्ने भन्दै अन्यथा कार्वाही गर्नु पर्ने बताउनु भयो । सो अवशरमा बोल्ने नेता कार्यकर्ताहरुले माओवादी प्रति जनताको भरोसा अझै सम्म कायमै रहेको भन्दै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेताहरुलाई सुझाएका थिए । अप्ठ्यारो पर्दा मात्रै कार्यकर्ता सम्झने अन्य समयमा वास्तै नगर्ने गरेको भन्दै उनिहरुले नेताहरु संग आक्रोस पोखेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युउताउने निर्णय गरे संगै दुवै पार्टीले पूर्ववत रुपमा गतिविधि गर्न थालेका छन ।   

Recent News