Devdaha Tv | राजनीति
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

प्रेस संगठनका विजयी उमेद्धारलाई माओवादी केन्द्रको सम्मान 

3 weeks ago
प्रेस-संगठनका-विजयी-उमेद्धारलाई-माओवादी-केन्द्रको-सम्मान-

चैत्र २८ । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीले नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा विजयी हुने प्रेस संगठनका उमेद्धारहरुलाई अभिनन्दन गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका विच संगठनबाट विजयी भएका उमेद्धारहरुलाई अभिनन्दन गरीएको हो । प्रेस संगठन नेपाल रुपन्देहीबाट प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा रुपन्देहीबाट विनोद पहाडी, सरु राना, रुद्रहरी कुृँवर, प्रदेश परिषद सदस्यमा कमल रायमाझी, दिपक गलामी र लुम्बिनी प्रदेश समितिमा भुवन कार्की र विन्दु कुमार चौहान निर्वाचित हुनु भएको थियो । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीको कोषाध्यक्षमा संञ्जय सौगात विश्वकर्मा, सह–सचिवमा मायाँ केसी, सदस्यहरुमा कपिल अधिकारी, मोहन न्यौपाने, टंक सुनार, प्रकाश पाण्डे र राज चौधरी निर्वाचित हुनु भएको छ । निर्वाचित उमेद्धारलाई पार्टीका केन्द्रिय सदस्यद्वय बामदेव क्षेत्री र हकिकुल्लाह खाँ तथा माओवादी केन्द्र बुटवलका सचिव नारायण वञ्जाडेले संयुक्त रुपमा सम्मान पत्र र खादा सहित अभिनन्दन गर्नु भएको हो । महासंघ रुपन्देहीमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त लोकतान्त्रिक–प्रगतिशिल प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । प्यानल निर्माण गर्दा संगठनको भागमा परेका सबै उमेद्धार विजयी भएका हुन । प्रेस युनियनको भागमा परेको महिला उपाध्यक्षमा भने प्रेस चौतारीबाट अमृता पाण्डेय निर्वाचित हुन सफल हुनु भएको छ । पाण्डेयले प्रेस युनियनकी सञ्जु पौडेलललाई १ मतले पराजित गर्नु भएको हो ।  

Recent News