Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

देवदह टेलिभिजनका समाचार प्रमुख सुनार सम्मानित ।

4 weeks ago
देवदह-टेलिभिजनका-समाचार-प्रमुख-सुनार-सम्मानित-।

चैत्र २७ । देवदह टेलिभिजनका समाचार प्रमुख टंक सुनारलाई मुल्यवान बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बिच संस्थाका सल्लाहकार समेत रहनु भएका सुनारलाई नेपाल पत्रकार महासंघ रुपन्देहीको चैत्र २५ सम्पन्न निर्वाचनमा कार्य समिती सदस्यमा निर्वाचित भएकाले सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं. १० का वडा अध्यक्ष यक बहादुर सुनारले दलित समुदायलाई आर्थीक उर्पाजनमा जोड्नु पर्नेमा जोड दिनु भयो । आर्थिक अवस्था कमजोर भएकाले दलित समुदाय पछाडि परेको भन्दै युवा पुस्तालाई आय आर्जनमा जोड्नु पर्ने बताउनु भयो । दलित समुदाय अन्य समुदायको तुलनामा कमजोर नभएको उल्लेख गर्दै अवसर पाएमा काम गरेर देखाउन सक्ने बताउनु भयो । सोही कार्र्यक्रममा बोल्दै राष्ट्रिय पत्रकार संघ, नेपाल रुपन्देही अध्यक्ष समेत रहेका सुनारले दलित समुदायलाई शैक्षिक तथा राजनैतिक आधारमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो पुस्तामा सामाजिक कार्य प्रति वितृष्णा देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार ईन्द्र बहादुर सुनार, संस्थापक गंगा बहादुर सुनार लगायतले शुभकाना दिनुभएको थियो । सो अवसरमा संस्थाको क्यालेन्डर समेत विमोचन गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षता, संस्थाका उपाध्यक्ष गणेश बहादुर वि.कको स्वागत र संस्थाका सचिव दिल कुमार वि.को सञ्चालनमा सम्पन्न भएको थियो ।    

Recent News