Devdaha Tv | खेलकुद
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

प्रथम देवदह टेबल टेनिसको उपाधि सगरमाथालाई

3 weeks ago
प्रथम-देवदह-टेबल-टेनिसको-उपाधि-सगरमाथालाई

चैत्र १४ । प्रथम देवदह टेबल टेनिसको उपाधि सगरमाथा बोर्डिङ स्कुलले हात पारेको छ । टेवल टेलिनस म्लब अफ देवदहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको जूनियर तर्फ कक्षा ५ का सनम थापा प्रथम, सव–जूनियर तर्फ कक्षा ९ का दिपंकर बाह्रघरे प्रथम, कक्षा ८ का दिप्सन बस्नेत द्वितीय र सिनियर तर्फ कक्षा ११ का विनीत कार्की प्रथम हुँदै रनिङ शील्ड हात पारेका हुन । प्रतियोगितामा सनम थापा उत्कृष्ट खेलाडी चयन भएका छन । प्रतियोगितामा देवदहका १० विद्यालयका ८० जना विद्यार्थी सहभागी भएको खेल संयोजक एवम क्लबका अध्यक्ष सगुन लामिछानेले बताउनु भयो । नयाँ खेलाडी उत्पादन गर्ने र टेवल टेनिसको बारेमा जानकारी दिने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका सदस्य विकास गहतराजले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन प्रति विद्यार्थी २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो ।