Devdaha Tv | राजनीति
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

शिक्षाको विकास विना मुलुकको विकास हुन सक्दैन : डा.न्यौपाने

3 weeks ago
शिक्षाको-विकास-विना-मुलुकको-विकास-हुन-सक्दैन-:-डा.न्यौपाने

चैत्र १४ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले शिक्षाको विकास विना मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ । शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको तेस्रो नगर अधिवेशनको खुला सत्र कार्यक्रममा बोल्दै उहाँले शिक्षा नै विकासको प्रथम पूर्वाधार भएको बताउनु भयो । समाजको वत्तीको रुपमा शिक्षकलाई व्याख्या गर्दै उहाँले शिक्षकको उचित सम्मान हुन नसकेको बताउनु भयो । मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षा क्षेत्रको विकास विना सम्भव नभएको बताउनु भयो । उहाँले मुलुकको राजनैतिक आर्थिक र समाजिक विकासमा शिक्षकले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । कार्यक्रममा बोल्दै देवदह आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले शिक्षक आन्दोलनकै कारण शिक्षकहरुको हक अधिकार स्थापित भएको स्मरण गर्नु भयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य ऋषिस्वर अर्यालले शिक्षक संगठनले शिक्षकहरुको समस्यामा सधैँ साथम रहेको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेताहरु धुर्व खरेल, सिद्धिचरण भट्टराई शिक्षक महासंघका देवदह अध्यक्ष शेष नारायण रेग्मी, व्यास आधारभुत विद्यालयकी प्रधानाध्यापक मिना ज्ञवाली र नेपाल शिक्षक संघका उमाकान्त अधिकारीले बोल्नु भएको थियो ।