Devdaha Tv | समाचार
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन दलित पत्रकार संघको माग

3 weeks ago
नेपाल-पत्रकार-महासंघलाई-समावेशी-बनाउन-दलित-पत्रकार-संघको-माग

चैत्र १३ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही शाखाले नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन माग गरेको छ । शुक्रबार संघका जिल्ला अध्यक्ष टंक सुनारले प्रेस बिज्ञप्ती जारी गर्दै उमेद्धवार छनौट गर्दा समावेशी समानुपातिक राज्य प्रणालीको मर्म र भावना अनुरुप छनौट गर्न माग गर्नु भएको हो । सधैँ न्यायको पक्षमा कलम चलाउने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमा दलित समुदायको पहुँच बृद्धि भए मात्रै व्यवहारीक न्याय हुने संघको बुझाई छ । प्रेस बिज्ञप्तीमा “सदिऔँ देखि सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनैतिक रुपमा योजनाबद्ध हिसाबले पहुँच विहिन बनाइएको दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको नेपाल पत्रकार महासंघमा पहुँच बृद्धि गर्न सकेका खण्डमा मात्रै सधैँ न्यायको पक्षमा कलम चलाउने पत्रकारहरुको छाता संस्थामा व्यवहारीक न्याय हुने हाम्रो विश्वास व्यक्त छ” भनिएको छ । प्रेस विज्ञप्ती मार्फत पत्रकार महासंघ रुपन्देहीलाई साझा बनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।