Devdaha Tv | समाचार
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

पशु व्यवस्थापन तथा उपचार तालिम सुरु

3 weeks ago
पशु-व्यवस्थापन-तथा-उपचार-तालिम-सुरु

चैत्र १२ । रुपन्देहीको देवदहमा पशु व्यवस्थापन तथा उपचार तालिम सुरु भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको सहयोगमा साना किसान कृर्षि सहकारी संस्था देवदहको आयोजनामा बिहिबारबाट तालिम सुरु भएको हो । तालिम चैत्र १२ र १३ गते दुई दिन सञ्चालन हुनेछ । तालिमले पशुचौपायमा लाग्ने रोग नियन्त्रणमा सघाउने सहकारीकी अध्यक्ष टिका न्यौपानेको विश्वास छ । पशु विमाको सुविधा नै नहुँदा पनि आफुहरुले पशुपालन गरेको स्मरण गर्दै उहाँले अहिले सहकारीले पशु विमानको व्यवस्था गरेको बताउनु भयो । किसानहरुको सहजताका लागि कृर्षि उत्पादनको संस्थागत बजारीकरणको अवधारणा अघि सारेको पनि उहाँले जानकारी दिनु भयो । सहकारीकी व्यवस्थापक सरला सुवेदीले सहकारीलाई आधुनिक प्रणाली मार्फत सञ्चालन गर्ने उद्देश्यले मोबाइल एस.एम.एसको व्यवस्था गरीएको जानकारी दिनु भयो । तालिमको सहजिकरण साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड बुटवलका अधिकृत निरञ्जन निसाद र पशुरोग बिशेषज्ञ डा.भरत काफ्लेले गर्दै हुनुहुन्छ ।