Devdaha Tv | समाचार
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

देवदहमा पहिलो पटक टेवल टेनिस प्रतियोगिता हुने 

3 weeks ago
देवदहमा-पहिलो-पटक-टेवल-टेनिस-प्रतियोगिता-हुने-

चैत्र १० । रुपन्देहीको देवदहमा पहिलो पटक टेवल टेनिस प्रतियोगिता हुने भएको छ । टेवल टेलिनस म्लब अफ देवदहको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर चैत्र १४ र १५ गते होटल बी २५ खैरेनीमा प्रतियोगिता सञ्चालन गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा देवदहका १० विद्यालयका ८० जना विद्यार्थी सहभागी हुने खेल संयोजक एवम क्लबका अध्यक्ष सगुन लामिछानेले जानकारी दिनु भयो । नयाँ खेलाडी उत्पादन गर्ने र टेवल टेनिसको बारेमा जानकारी दिने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका सदस्य विकास गहतराजले जानकारी दिनु भयो । प्रतियोगिता सञ्चालनका लागि करीब ४ लाख खर्च अनुमान गरीएको र सो रकम ब्यक्तिगत तबरले संङ्कलन गर्न लागिएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन प्रतिविद्यार्थी २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको आयोजकले जनाएको छ । प्रतियोगिताको सहयोगी संस्थाको रुपमा देवदह जेसिज र लियो क्लब अफ देवदह रहेको छ ।