Devdaha Tv | राष्ट्रिय
मंसिर १८ २०७७   | 
devdahaTv-info

दुई बर्षपछि छोरा भेटिदा

  • 9 months ago

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बिपी चोक नजिकै बस्ने शोभा केसी (पुन) हतारीदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको गेटबाट कार्यालय परिसरमा प्रवेश गरिन । दुई बर्ष अघि हराएको छोरोलाई भेट्ने हतारोमा प्रहरी कार्यालय पुगेकी उनको मुहारमा चिन्तासँगै मिश्रीत खुसी झल्कन्थ्यो ।


सुन्तला रंगको फाईबरको झोलामा छोराका आवश्यक कागजात बोकेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगेकी उनले छोरा रामु पुनलाई देख्दा मन थाम्न सकिनन । दुई बर्ष पछि आमालाई भेटन पाएका रामुले पनि आमा शोभालाई अगालो हालेर रोए । घर छेउको अन्नपुर्ण डाडामा घुम्न जादा एकाएक हराएको छोरो यसरी फेला पर्लान भन्ने उनको कल्पना बाहिरको कुरा थियो । २०७४ पुस ११ गते एकाएक हराएका ८ बर्षिय रामुलाई आफुले लाग्दा पुग्दा सम्म खोजी गरेको शोभाले बताईन । आफुलाई दुई श्रीमती मुनी झुक्काएर बिहे गरेका श्रीमान मित्रलालले आफु पछि पनि थप दुई श्रीमती ल्याएर वास्ता गर्न छोडेको उनले बताईन । पाँच श्रीमतीका पति मित्रलालले शोभा तिर दुई छोरा र एक छोरी जन्मिए पछि चासो राख्नै छोडे । स्थानिय एक संस्थागत बिद्यालयको क्यान्टिनमा सामान्य तलबमा मेहनत मजदुरी गरेर तिन बालबच्चाको पालन पोषण गर्दै आएकी शोभाले आफुले रिन खोजेर भए पनि नेपालकै बिभिन्न ठाँउमा पुगी छोराको खोजी गरेको बताईन ।

सम्बन्धित समाचार