Devdaha Tv | खेलकुद
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै न्यू होराइजन क्रिकेट क्लब फाइनलमा ।

6 months ago
रुपन्देही-सुपरलिग-:-बुद्ध-क्रिकेट-क्लबलाई-पराजित-गर्दै-न्यू-होराइजन-क्रिकेट-क्लब-फाइनलमा-।

फागनु २६ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा न्यू होराइजन क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको बुद्धले निर्धारित ४४ ओभर मध्ये ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनको योगफल बनाएको थियो । उसका लागि अजय त्रिपाठीले ४४,  रिजन प्रजुले ३९, निखिलेश यादवले १६ र कमलेश यादवले नटआउट ११ रन बनाएका थिए । बलिङमा न्यू होराइजनका लागि शक्ति प्रसाद गौचनले ८.५ ओभरमा ४ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिएका थिए । उनी म्यान अफ द म्याच भएका थिए । यस्तै, पुरुषोत्तम भट्टराई र राहुल प्रजापतीले समान २–२ तथा सुमित पराजुलीले १ विकेट लिएका थिए । जवाफी व्याटिङ गरेको न्यू होराइजनले ४२ ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउँदै जित निकालेको थियो । उसका लागि शक्ति प्रसाद गौचनले नटआउट ४२, मनिष थापाले २७ र सुमित पराजुलीले नटआउट २४ रन बनाएका थिए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, रिजन प्रजूले ३ र अमित अग्रहरीले १ विकेट लिएका थिए । बिहीबार दोस्रो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिनुभयो । यी दुई बीचको विजयी टिमले उपाधिका लागि २९ गते न्यू होराइजनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।