Devdaha Tv | राजनीति
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

सबै मिलेर देश विकासमा लाग्नु पर्नेमा अर्थ मन्त्री पौडेलको जोड

1 month ago
सबै-मिलेर-देश-विकासमा-लाग्नु-पर्नेमा-अर्थ-मन्त्री-पौडेलको-जोड

फागुन २१ । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले सबै मिलेर देश विकासमा लाग्नु पर्ने बताउनु भएको छ । शुक्रबार रुपन्देहीको देवददहमा लुम्बिनी विश्वविद्यालय डिनको कार्याल उद्घाटन कार्यक्रममा बोल्दै सबै वर्ग क्षेत्र र समुदाय मिलेर विकास निर्माणको कार्यमा लाग्नु भएको हो । ओली सरकार सम्बृद्ध नेपाल खुसी नेपाली बनाउन लागि परेको दाबी गर्दै उहाँले विकास निर्माणका कार्यहरुमा हातेमालो गरेर अघि वढ्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा नेकपा ओली समुहका नेता छबिलाल बिश्वकर्माले यस क्षेत्रको भौतिक पूर्वाधार विकासमा लागि परेको दाबी गर्नु भयो । सडक पूर्वाधार विकास, खानेपानीको विकास लगायतका क्षेत्रमा आफुले ध्यान दिएको उहाँको दाबी छ । लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकार सधैँ जनता संगै रहेको बताउनु भयो । उहाँले तीन तहको सरकार मिले विकास निर्माणका कार्य गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतले बोल्नु भएको थियो ।