फागुन २० । नेकपा (प्रचण्ड माधव) समुह निकट प्रेस संगठन नेपाल रुपन्देहीको भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार बुटवलमा सम्पन्न भेलाले संयोजकमा कमल रायमाझी, सह–संयोजकमा विनोद परियार र सचिवमा शंकर पाण्डेय सर्व सम्मत रुपमा चयन गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर मिलेर बनेको संगठनका संयोजक अमृत गिरी ओली समुहमा लागेपछि त्यती वेला सह–संयोजक रहेका रायमाझीलाई संयोजकको जिम्मेवारी दिइएको हो । रायमाझी पूर्व माओेवादी समुहका हुन भने सह–संयोजक परियार र सचिव पाण्डेय पूर्व एमालेका हुन । यसैगरी संगठनको सदस्यहरुमा भरत पान्डे, कपिल अधिकारी, टंक सुनार, राज चौधरी, मोहन न्यौपाने, प्रतिक पौडेल, मनोज क्षेत्री, राधा बस्नेत, जितेन्द्र थारु, अम्बिका परियार, सन्जय गुरुङ, पार्वती न्यौपाने, गोम बहादुर केसी, सावित्रा घिमिरे, जगलाल बस्याल, अन्जना चौहान, कृष्ण गाउँले, सचिन चौधरी, कृष्ण रणपाल, शनिकुमार पाठक, दिपक जयसवाल, निर्मल थापा, विष्णु पोखरेल, भरत नेपाली सर्वसम्मत रुपमा चयन भएका छन । नयाँ नेतृत्वलाई संगठनका प्रदेश संयोजक मानसिंह विश्वकर्माले सपथ ग्रहण गराउनु भएको थियो । बन्दसत्रमा संगठनका प्रदेश इन्चार्ज विकास बन्जाडे, संगठनका केन्द्रिय नेता विनोद पहाडी, सिद्धिचरण भट्टराई, भुवन कार्की, घनश्याम गौतम लगायतले बधाई मन्तब्य राख्दै नयाँ नेतृत्वले नयाँ जोश र उमंगका साथ काम गर्ने विश्वास व्यक्त गर्नु भयो । यसैबीच प्रेस संगठन रुपन्देहीको भेलाले संगठनको प्रदेश सदस्यमा दीपक गलामी, हिक्मत चौधरी, पशुपति यादव, मायाँ केसी, सन्जय सौगात, प्रकाश न्यौपाने, पुनहरी बेलबासे, उषा केसी, कल्पना घिमिरे र प्रदीप जिसीलाई सिफारिश गरेको छ ।