Devdaha Tv | खेलकुद
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

रुपन्देही सुपरलिगमा वेष्टर्न विजयी, देवदह घटुवा

1 month ago
रुपन्देही-सुपरलिगमा-वेष्टर्न-विजयी,-देवदह-घटुवा

फागुन २० । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब विजय भएको छ । विहिबार सिद्धार्थ रंगशालामा भएको ‘ए’ डिभिजनको खेलमा वेष्टर्न क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । हार संगै देवदह युनिट भने रेलिगेसनमा परेर ‘ए’ डिभिजाबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४४ ओभरमा ९ विकेटको क्षतिमा २२१ रनको योगफल बनाएको थियो । वेष्टनका लागि विक्रम भुषालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ र सन्देश थापाले २१ रन बनाएका थिए । त्यस्तै बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २–२ तथा सुदिप जिसी र सुरज खड्काले समान १–१ विकेट लिएका थिए । जवाफी व्याटिङमा देवदह २२ ओभर ३ बलमा अलआउट हुँदै ७५ रनमै समेटिएको थियो । देवदहका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । देवदहका लागि सस्तैमा समेट्न बलिङमा वेष्टर्नका अनिल खरेलले ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिएका थिए । उनी म्यान अफ द म्याच समेत भएका थिए । यस्तै, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १–१ विकेट लिएका थिए । शुक्रबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिनु भयो । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उप–विजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५–५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले गरेका छन ।