फागुन १० । रुपन्देही प्रहरीले हत्या गरीएको आशंकामा एक बालिकाको शव नियन्त्रणमा लिएको छ । सोमबार मायाँदेवी गाउँपालिका–३ हरहवा स्थीत दानव खोला नजिक गाडिएको अवस्थाबाट शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाँटीमा शंकास्पद दाग देखा परेकोले शव पोस्टमर्टमको लागी भिम अस्पताल भैरहवामा पठाईएको प्रहरीले जनाएको छ । मृतककी आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाई आफ्नो कोठामा रहेको पंखामा बाधीएको डोरीले बालिकाको घाँटीमा बाधी हत्या गरी आफुले समेत सोही डोरी मार्फत आत्महत्या गर्ने प्रयास गरेकोमा निजको नन्दले देखी डोरी काटी बचाएको भन्ने खुल्न आएको बताइएको छ । प्रहरीले घटनामा संङ्लग्न भएको आशंकामा सोही स्थानका ५५ बर्षिय बुद्धिराम यादव, ४५ बर्षिय राजमती यादव, २२ बर्षिय राज कुमार यादव, २१ बर्षिय प्रेमा यादव र २६ बर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिएको छ ।