Devdaha Tv | खेलकुद
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

दोस्रो देवदह नकआउट फुटबल प्रतियोगिताको उपाधी रुपन्देहीको सितलापुर युवा क्लबलाई

1 week ago
दोस्रो-देवदह-नकआउट-फुटबल-प्रतियोगिताको-उपाधी-रुपन्देहीको-सितलापुर-युवा-क्लबलाई

फागुन ९ । डि युनिटी युवा क्लबको आयोजनामा रुपन्देहीको देवदहमा सञ्चालित दोस्रो देवदह नकआउट फुटबल प्रतियोगिताको उपाधी रुपन्देहीको सितलापुर युवा क्लबले जितेको छ । आईतबार पानबारी खेल मैदानमा भएको फाईनल खेलमा सितलापुर युवा क्लबले नवलपरासीको देउराली युथ ब्रदरसलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । सितलापुरका लागि खेलको ९ मिनेटमै क्याप्टेन डोना थापाले सुरुवाती गोल गरेका थिए । खेलको ३२ औँ मिनेट र ६१ औँ मिनेटमा अरुण थापाले गोल गर्दै क्लबलाई जीत दिलाएका थिए । देउराली युथ ब्रदरसका लागि खेलको ७८ औँ मिनेटमा राजन क्षेत्रीले एकमात्र सान्त्वना गोल गरेका थिए । प्रतियोगितमा उत्कृष्ट गोलरक्षक सोजित गुरुङ, उत्कृष्ट मिडफिल्डर डोना थापा, सर्वाधिक गोलकर्ता नविन महतो र उत्कृष्ट ईष्ट्राइकर अरुण थापा घोषित भए । प्रतियोगिताको उपाधि विजेता सितलापुर युवा क्लबले १ लाख ७५ हजार, उपविजेता देउराली ब्रदरसले ७५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । त्यस्तैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट ईष्ट्राइकरले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन बराल, लुम्बिनी प्रदेशका सांसद डा.कृष्ण न्यौपाने, देवदह नगरप्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङले पुरस्कार प्रदान गर्नु भएको थियो ।