Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

परम्परागत पेशा व्यवसायीक र विश्वासयोग्य बनाउनु आवश्यक : मेयर खत्री

1 week ago
परम्परागत-पेशा-व्यवसायीक-र-विश्वासयोग्य-बनाउनु-आवश्यक-:-मेयर-खत्री

फागुन ८ । देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले परम्परागत पेशा व्यवसायीक र विश्वासयोग्य बनाउनु आवश्यक भएको बताउनु भएको छ । शनिबर देवदह सुनचाँदी व्यवसायी संघ रुपन्देहीको प्रथम साधारण सभामा बोल्दै मेयर खत्रीले सेवा प्रवालाई थप गुणस्तरीय बनाउँदै अघि वढ्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । संस्था निर्माण गर्ने कुरा ठुलो नभएको उल्लेख गर्दै उहाँले संस्थालाई चलयामान बनाएर लक्ष्य अनुरुप अघि वढाउनु प्रमुख चुनौती भएको बताउनु भयो । व्यवसायमा देखा पर्ने समस्या र कठिनाइहरुको सामना गर्न संगठन आवश्य पर्ने भएकाले संगठित भएर अघि वढ्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले एउटा निश्चित बर्गको प्रभुत्व रहने गरी कानुन निर्माण गरीएकाले सुनचाँदी व्यवसायीहरुले कानुनी झन्झट व्यहोर्नु परेकाले कानुनी समस्या समाधानमा सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । देवदहमा क्रियाशिल सबै संघ संस्थाहरुलाई नगरपालिकाले समान दृश्टिकोण राखेको बताउँदै नगरप्रमुख खत्रीले जग्गा उपलब्ध गराउने अवस्था बने सुनचाँदी व्यवसायी संघलाई पनि उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । राज्यले महिलाहरुलाई व्यवसायमा जोड्न कानुनि तथा आर्थिक सहुलियत प्रदान गरेको जानकारी दिदै उहाले सुनचाँदीको व्यवसाय महिलाहरुलाई पनि जोड्नु पर्ने बताउनु भयो । सुनका गरगहना निर्माण गर्ने कालिगढहरुलाई व्यवसायीहरु संगको सहकार्यमा नगरपालिकाले तालिमको व्यवस्था गर्ने उहाँले बताउनु भयो । फरक प्रसंगमा बोल्दै मेयर खत्रीले पछिल्लो समय राजनिति कलहको बिषय बनाइएकाले युवाहरु राजनितिप्रति आर्कशित हुन नसकेको बताउनु भयो । राजनितिकै कारण विभिन्न खाले परीवर्तन संम्भव भएको स्मरण गर्दै मेयर खत्रीले राजनितिमा लाग्न युवाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघका बिज्ञ परामर्श समितीका संयोजक प्रेम कुमार सेन्चुरीले सुन आयातमा देखिएको समस्या समाधान गर्न लागि परेको बताउनु भयो । व्यवसायीहरुले हतार गर्दा केही समस्या देखिएको भन्दै उहाँले हतार नगर्न व्यवसायीहरु संग आग्रह गर्नु भयो । नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष जोगलाल बिश्वकर्माले सुनचाँदी व्यवसायले बजारको सौन्दर्यकरणमा प्रमुख भुमिका खेलेको बताउनु भयो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य एम.बी बिश्वकर्मा, दिपक बिश्वकर्मा, रुपन्देही जिल्ला सदस्य तिलक बिश्वकर्मा, तिलोत्तमा अध्यक्ष पप्पु सेन्चुरी, सिद्धार्थनगर अध्यक्ष प्रकाशमणी बिश्वकर्मा र सैनामैना अध्यक्ष तिलक बिश्वकर्माले बोल्नु भएको थियो । सो अवशरमा नवनिर्वाचित केन्द्रिय पदाधिकारीलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम देवदह अध्यक्ष ईन्द्र बहादुर सुनारको अध्यक्षता र सचिव कमल गहतराजको संञ्चालनमा सम्पन्न भएको थियो ।