Devdaha Tv | खेलकुद
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

रुपन्देही सुपरलिगमा वेष्टर्न १० विकेटले विजयी

1 week ago
रुपन्देही-सुपरलिगमा-वेष्टर्न-१०-विकेटले-विजयी

फागुन ७ । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । बलिङमा वेष्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यानबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५–५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन ।