Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

संघिय लोकतान्त्रिक गणतन्त्र केही हुन्न : मूख्यमन्त्री पाख्रेल

1 week ago
संघिय-लोकतान्त्रिक-गणतन्त्र-केही-हुन्न-:-मूख्यमन्त्री-पाख्रेल

फागुन ७ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले संघिय लोकतान्त्रिक गणतन्त्र केही नहुने बताउनु भएको छ । प्रदेश १ का मूख्यन्त्री शेरधन राइले अविश्वासको प्रस्ताव आएपछि प्रदेश सभा भङ्ग गर्ने धम्की दिरहेका वेला नेकपा ओली समुहकै अर्का नेता शंकर पोख्रेलले भने संघिय लोकतान्त्रिक गणतन्त्र केही नहुने दाबी गर्नु भएको हो । शुक्रबार रुपन्देहीको देवदह–१० चरङ्गेमा पर्ने त्रिशुली खोला पूल उद्घाटन कार्यक्रममा बोल्दै उहाँले माधव प्रचण्ड समुह तर्फ संकेत गर्दै आफ्नो स्वार्थका लागि देशमा अस्थिरता सृजना गर्न खोजेको आरोप लगाउनु भयो । विकास निर्माणमा अवरोध गरेका कारण प्रधानमन्त्री ओली संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको नेता पोख्रेलले दाबी गर्नु भयो । उहाँले जनतामा जाने कुरा कसरी तानाशाही हुन्छ भन्दै प्रश्न समेत गर्नु भयो । निर्वाचन पश्चात नयाँ प्रतिनिधि सभा गठन हुने र देश निरन्तर पक्रियामा अघि वढ्ने उहाँको दाबी छ । लोकतान्त्रीक पद्धतीमा आलोपालो हुने भन्दै जसले जनताको मन जित्छ उसैले निर्वाचनमा विजयी हासिल गर्ने बताउनु भयो । प्रदेश सरकारले आस्थाका आधारमा नभई आवश्यकतामा आधारमा विकास निर्माणका कार्यहरु गरीरहेको उहाँको भनाई छ । मर्चवार क्षेत्रमा कहिल्यै वामपन्थी पार्टीले निर्वाचन नजितेको उल्लेख गर्दै मूख्यमन्त्री पोख्रेलले लुम्बिनी प्रदेश सरकारले सबै भन्दा धेरै लगानी सोही क्षेत्रमा गरेको जानकारी दिनु भयो । प्रदेश सरकारको लगानीमा निर्माण कार्य भइरहेको बुटवल झुम्सा सडक खण्डको निर्माण कार्य सम्पन्न भए पछि यस क्षेत्रका जनताको जीवन स्तर उकासिने उहाँको विश्वास छ । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारको निर्माण भएपछि विकास निर्माणका कार्यहरुले थप गति लिएको दाबी गर्नु भयो । प्रदेश सरकार निर्माण हुनु भन्दा अघि सरकार र तिनका तल्ला निकायहरु बिच समन्वय हुन नसक्दा विकास निर्माणका कार्यहरुले गति लिन नसकेको उल्लेख गर्दै अहिले तीन तहको सरकार बिच राम्रो समन्वय रहेको उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य दधिराम न्यौपाने, देवदह नगरप्रमुख हिरा बहादुर खत्री, भौतिक पूर्वाधार मन्त्रालकायका सचिव शुशिलचन्द्र तिवारी र सडक पूर्वाधार कार्यालयका ललित बहादुर न्यौपानेले बोल्नु भएको थियो । यस्तै शुक्रबार नै मूख्यमन्त्री शंकर पोख्रेलले बुटवल झुम्सा सडक खण्डमा पर्ने त्रिशुली खोला भालुघाट पुलको शिलान्यास गर्नु भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक पूर्वाधार विकास कार्यालय रुपन्देही अन्तरगत निर्माण हुने पुलको रायमाझी दया जेभी सिद्धार्थनगरले ७ करोड ८७ लाख ६८ हजार ८ सय ७५ मा ठेक्का सम्झौता गरेको हो । निर्माण कार्य सुरु भएको ३० महिना भित्र निर्माण कार्य सकिसक्नु पर्नेछ ।