Devdaha Tv | समाचार
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

देवदह शितलनगरमा वास्पस्नान शुभारम्भ

1 week ago
देवदह-शितलनगरमा-वास्पस्नान-शुभारम्भ

फागुन ७ । रुपन्देहीको देवदहमा दिर्घायु योग तथा फिट्नेस सेन्टर शितलनगरले वास्पस्नान (स्टिम वाथ) शुभारम्भ गरेको छ । प्राकृतिय चिकित्सा र योगको क्षेत्रमा काम गर्दै आइरहेको दिर्घायु नेपालले यस क्षेत्रमै पहिलोपटक स्टिम वाथ सञ्चालनमा ल्याएको दिर्घायु नेपालका संस्थापक डा.लक्ष्मीकान्त पाण्डेयले बताउनु भयो । उहाँले प्राकृतिक चिकित्साका बारेमा निशुल्क कक्षा सञ्चालन गरेको समेत जानकारी दिनु भयो । वास्पस्नानको शुक्रबार एक कार्यक्रमका विच देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गर्नु भएको हो । सो अवशरमा बोल्दै नगरप्रमुख खत्रीले प्राकृतिक चिकित्साका क्षेत्रमा दिर्घायू नेपालले पु¥याएको योगदानको प्रशंसा गर्नु भयो । उहाँले प्राकृतिक चिकित्सा सम्बन्धि कार्यहरु संञ्चालनका लागि सहयोग गर्न नगरपालिका सधैव तयार रहेको बताउनु भयो । सो अवशरमा मेयर खत्रीले देवदह–१० मा पर्ने कामाधेनु गौशाला क्षेत्रमा संस्कृत पाठशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनु भयो । सो पाठशालामा कक्षा ६ देखी कक्षा १० सम्म अध्यन अध्यापन हुने उहाँले बताउनु भयो । सो अवशरमा सोमराज जी महाराजले मानिसको आहार विहारका कारण स्वास्थ्यमा समस्या देखिने गरेको बताउनु भयो । मानिसहरु आफ्नै जीवनशैलीका कारण रोगी बनिरहेको उल्लेख गर्दै अन्तत्वगत्वा प्रकृती तर्फ नै फर्कनु पर्ने बताउनु भयो ।