फागुन ७ । रुपन्देही प्रहरीले विभिन्न स्थानबाट भन्सार छलेर नेपाल तर्फ ल्याइदै गरेको सामाग्री बरामद गरेको छ । कोटहीमाई गाउँपालिकाका विभिन्न स्थानबाट चिनी १६ बोरा, सुर्ती १ बोरा , सरफ २ बोरा, ढोकाको हेण्डल २ बोरा, बल्ब लाईट २ कार्टुन,मोबाईलका सामान र चार वटा खसी गरी २ लाख ८० हजार बराबरको सामाग्री बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो । बरामद गरीएको सामाग्री भन्सार कार्यालय वेलहिया पठाइएको प्रहरीले जनाएको छ ।