Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

एउटा समुदायले आफु हेपिएको महसुस गर्दा सम्म लोकतान्त्रिक प्रक्रिया पुरा हुँदैन : केसी

1 week ago
एउटा-समुदायले-आफु-हेपिएको-महसुस-गर्दा-सम्म-लोकतान्त्रिक-प्रक्रिया-पुरा-हुँदैन-:-केसी

फागुन ६ । लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा कानुनमन्त्री कुल प्रसाद केसीले एउटा समुदायले आफु हेपिएको महसुस गर्दा सम्म लोकतान्त्रिक प्रक्रिया पुरा नहुने बताउनु भएको छ । बिहिबार बुटवलमा सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको आयोजनामा भएको सरकारी सेवामा बादी समुदायको पहुँच तथा विकासमा प्रदेश स्तरीय सरकार र सरोकार राख्ने निकायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विभेद रहँदा सम्म विद्रोहको अवस्था रहने बताउनु भयो । रक्तपातपूर्ण अवस्थालाई मात्रै विद्रोह नभनीने उल्लेख गर्दै उहाँले विभेद कायम रहँदा सम्म व्यवस्था सफल भएको नमानिने बताउनु भयो । राज्य भित्र भएका विभेद असन्तुष्टिहरुलाई छलफल र अन्तरक्रियाका माध्यमबाट समाधान गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । वर्गीकरण गरेर दलित समुदायका मागहरुलाई लुम्बिनी प्रदेश सरकारले सम्बोधन गर्ने उहाँले बताउनु भयो । सो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दिपा बिकले बादी समुदाय लगायत सम्पूर्ण दलित समुदायका बिषयमा प्रदेश सभामा आवाज उठाएको बताउनु भयो । दलित भित्र पनि महिलाह?को अवस्था दयनिय रहेको उल्लेख गर्दै उहाँले सशक्तिकरणका लागि राज्यले चासो दिनु पर्ने बताउनु भयो । प्रदेश सभा सदस्य कमला बिश्वकर्माले सदियौँ देखि धर्म संस्कारका नाममा राज्यले निति नै बनाएर दलित समुदाय माथि थिचोमिचो गर्दै आएको बताउनु भयो । विभिन्न सामाजिक तथा राजनैतिक आन्दोलनहरुले विभेद विरुद्ध शसक्त ढंगले आवाज उठाएको भन्दै विभेद अन्त्यका लागि राज्यले नै अग्रसरता देखाउनु पर्ने बताउनु भयो । उहाँले दलित समुदायका बालबालिकाहरुलाई शिक्षामा बिषेश जोड दिनु पर्ने बताउनु भयो । राष्ट्रिय मानवअधिकार आयोगको लुम्बिी प्रदेश प्रमुख सम्झना शर्माले मानअधिकार आयोगले सामाजिक आर्थिक भौगोलिक विभेद विरुद्ध सामाजिक संघ संस्थाहरु संग सहकार्य गरीरहेको बताउनु भयो । सो अवशरमा बादी समुदाय र अधिकारकर्मीहरुले बादी समुदाय आर्थिक सामाजिक र राजनैतिक हिसाबले ज्यादै पछाडी रहेको भन्दै सरकारले बिषेश योजना निर्माण गरेर उनिहरुको अधिकार सुनिश्चित गर्नु पर्ने आवाज उठाएका थिए । उनिहरुले बादी समुदायको भावनामा ठेस पुग्ने गरी निर्माण गरीएका चलचित्र र उपन्यासहरुमा बन्देज लगाउन सरकार संग माग गरेका थिए ।