Devdaha Tv | समाचार
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

शिक्षकलाई हातपात गरेको प्रति शिक्षक महासंघको ध्यानाकर्षण 

1 week ago
शिक्षकलाई-हातपात-गरेको-प्रति-शिक्षक-महासंघको-ध्यानाकर्षण-

फागुन ५ । रुपन्देहीको देवदह नगरपालिकामा दुई जना शिक्षकहरुलाई अभिभाकले साङघातिक आक्रमण तथा हातपात गरेको प्रति नेपाल शिक्षक महासंघ देवदह नगर समितिले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै देवदह नगरपालिका वडा नं. १२ मा रहेको प्रगति मा. वि मा शिक्षकहरु गणेश के.सी र ऋषिराम न्यौपानेलाई कक्षा ४ मा अध्यनरत एक विद्यार्थीका अभिभावकहरु कक्षा कोठामा पढाईरहेको समयमा मादक पदार्थ सेवन गरेर विद्यालयमा प्रवेश गरी हातपात गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष शेषनारायण रेग्मी र सचिव खुमप्रसाद भण्डारी द्धार हस्ताक्षर विज्ञप्तीमा घटनामा संङ्लग्नलाई हदै सम्मको कार्वाहीको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ “ जब सम्म विद्यालयमा शिक्षकह?ले निर्धक्क भएर अध्यापन कार्यमा संलग्न हुन सक्ने वातारण निर्माणका लागि पनि पहल गरिदिन सम्बन्धित निकायलाई ध्यान आर्कषण गर्दछौँ” ।