Devdaha Tv | खेलकुद
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

पत्रकार संग जनप्रतिनिधि र कर्मचारीको समुह पराजित

1 week ago
पत्रकार-संग-जनप्रतिनिधि-र-कर्मचारीको-समुह-पराजित

फागुन ५ । रुपन्देहीको देवदहमा जारी दोस्रो देवदह नकआउट फुटबल प्रतियोगिता अन्र्तरगत बुधबार सम्पन्न नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र पत्रकार विचको मैत्रीपूर्ण खेलको उपाधि पत्रकारको समुहले जितेको छ । पत्रकारको समुह ४–२ गोल अन्तरले विजयी भएको हो । निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि १० मिनेट समय थप गरीएको थियो । थप गरीएको समयमा पनि कुनै गोल नभए पछि खेल खेल ट्राइवेकर तर्फ धकेलिएको थियो । ट्राइवेकमा पत्रकार समुहका तर्फबाट स्वस्तीक श्रेष्ठ, मोहन न्यौपाने, डिवी सुस्लीङ र रोहित चौधरीले गोल गरेका थिए । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडिले १० हजार ,सर्वाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार र प्रत्येक दिन म्यान अफ दी म्याच हुने खेलाडीले २५ सय पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।