Devdaha Tv | समाचार
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

देवदह नगरपालिकाको आर्थिक ऐन (पहिलो शंसोधन ) विद्येयक–२०७७ पास 

1 week ago
देवदह-नगरपालिकाको-आर्थिक-ऐन-(पहिलो-शंसोधन-)-विद्येयक–२०७७-पास-

फागुन २ । देवदह नगरपालिकाको ८ औ नगर सभा सम्पन्न भएको छ । नगर सभाले देवदह नगरपालिकाको आर्थिक ऐन (पहिलो शंसोधन ) विद्येयक–२०७७ पास गरेको छ । विद्येयक प्रस्तुत गर्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह क्षेत्र अव्यवस्थित बसोवासको क्षेत्र भएकोले हालको जग्गा भोगचलन र नापनक्सा नमिलेका कारण आर्थिक ऐन ल्याएको बताउनु भयो । यसैगरी देवदह नगरपालिकाको विनियोजन ऐन (पहिलो शंसोधन ) विद्येयक–२०७७ समेत पास गरेको छ । विद्येयक प्रस्तुत गर्दै उपप्रमुख गुरुङ्गले १ अरव १ करोड ८१ लख ८० हजार बरावरको विनियोजन ऐन पास गरेको हो । नगर सभामा साउन देखि माघ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले साउन देखि माघ मसान्त सम्म चालु तर्फ ३९. ३४ प्रतिशत खर्च भएको र पुजीगत तर्फ १५.७५ प्रतिशत खर्चको जानकारी दिनु भयो । उहाले कोभिडका कारण पर्यटन, उद्योग तथा व्यापार व्यवसाय क्षेत्र प्रभावित हुदा उत्पादन र वितरण प्राणालीमा गंभीर समस्या आएको बताउनु भयो । उहाले देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेको जनाउदै देवदह कृषि, पर्यटनको प्रचुर संभावना बोकेको क्षेत्र भएको बताउनु भयो । उहाले देवदह नगरपालिका संग थुप्रै अवसर र चुनौतीहरु रहेको बताउदै विद्यमान चुनौतीको व्यवस्थापन गरी अवसरहरुलाई समुचित उपयोग मार्फत नगरको समृद्धिको लागि लाग्नेमा जोड दिनु भयो । नगर सभामा बोल्दै खत्रीले कोभिडका भएकाहरुलाई देवदह नगरपालिकाले क्वारेन्टाईन र आईसोलेसन निर्माण गरी उपचार गरिएको बताउनु भयो । देवदह नगरपालिकाले विनियोजन गरेको धेरै योजनाहरु ठेक्का भईसकेकोले समयमै सम्पन्न हुने बताउनु भयो । उहाले देवदह–६, को सरनवारी देखि उत्तर तर्फ जाने बाटो निर्माण निर्माण गरी देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागि परेको बताउनु भयो । उहाले देवदहको श्रोत भनेको नदीजन्य पदार्थ रहेकोले नगरपालिका नदी जन्य पदार्थ निकासीको लागि ठेक्क ागर्ने निर्णय भएपनि कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो । उहाले नदीजन्य पदार्थ निकासी गरी डम्पिङ्ग गर्न कार्यविधिका कारण चुनौती रहेको बताउनु भयो । उहाले किसान र युवाहरुलाई स्वरोगार बनाउन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरेर लैजाने गरी अगाडि बढेको बताउनु भयो । नगर सभामा धुव्र खरेल, खैराज शर्मा, देवु भट्टराई, धनबहादुर सुनार, सरस्वती पोखरेलले बोल्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उत्पादन क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएक थिए । उनीहरुले कोरोना रोकथामको तथा नियन्त्रणको लागि विभिन्न संघसंस्थाले नगरपालिकालाई प्रदान गरेको रकमको हिसाव हिताव सार्वजनिक गर्न माग गरेका थिए । सोही अवसरमा कोभिड–१९, रोकथाम तथा नियन्त्रणको लागि देवदह नगरपालिकालाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । गंगाप्रसाद पन्थीको संचालनमा नगर सभा सम्पन्न भएको थियो ।