Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरे : रज्जाक

2 weeks ago
प्रधानमन्त्री-ओलीले-संविधान-च्यात्ने-काम-गरे-:-रज्जाक

फागुन १ । पूर्वराज्य मन्त्री एवम नेपाली काग्रेसका रुपन्देही सभापती अब्दुल रज्जाकले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधान च्यात्ने काम गरेको आरोप लगाउनु भएको छ । शनिबार रुपन्देहीको देवदहमा नेपाल शिक्षक संघ महिला विभागको आयोजनामा भएको नेतृत्व विकास तथा शसक्तिकरण तालिमको समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संसद विघटन गरेर संविधान माथि प्रहार गरेको बताउनु भयो । अस्थिरता सृजना भयो भनेर आफुहरुले संविधान निर्माण गर्दा नै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवास्था राखेको स्मरण गर्नु भयो । उहाँले अहिलेको संविधान सहमतीको दस्तावेज भएका कारण दलित महिला आदिवासी जनजाती र पिछडा वर्गको हक अधिकारका बिषयहरु समेटिएकाले संविधान मिचिदा यसको ठाडो असर यीनै समुदायलाई पर्ने उहाँले बताउनु भयो । प्रधानमन्त्री ओली व्यवस्था नै नष्ट गर्न खोजेको आरोप लगाउँदै संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भुमिका खेल्न शिक्षकहरु संग आग्रह गर्नु भयो । व्यवस्था जोउन शिक्षकहरुको अहम भुमिका हुने भन्दै उहाँले विद्यार्थी र तिनका अभिभावकलाई प्रधानमन्त्री ओलीको असम्वैधानिक कदम विरुद्ध जानकारी गराउन आग्रह गर्नु भयो । सोही कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले महिला सहभागीता विना कुनै पनि क्षेत्र अघि वढ्न नसक्ने बताउनु भयो । महिलाको उपस्थिती विना परीवार र राष्ट्र चल्न नसक्ने भन्दै महिलाहरुको शिक्षामा बिशेष जोड दिनु पर्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि लोकतन्त्र सृढिडिकरण हुनु पर्ने बताउनु भयो । सन्काहा शाषकका कारण संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै कालो बादल मडारीरहेको उल्लेख गर्दै उहाँले व्यवस्था जोगाउनु अहिलेको प्रमुख दायित्व भएको बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक संघ रुपन्देही अध्यक्ष कुल प्रसाद लामिछाने, देवदह नगर अध्यक्ष निर्मल ढुङ्गाना, समाजसेवी प्रमोद खनाल लगायतले बोल्नु भएको थियो । प्रशिक्षणको सहजिकरण नेपाल शिक्षक संघकी केन्द्रिय उपमहासचिव धना भण्डारीले गर्नु भएको थियो ।