Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

फेरी अर्को जनयुद्ध हुन सक्छ : खनाल

2 weeks ago
फेरी-अर्को-जनयुद्ध-हुन-सक्छ-:-खनाल

फागुन १ । नेकपा (माधव प्रचण्ड) समुहका नेता चक्रपाणी खनालले फेरी अर्को जनयुद्ध हुन सक्ने बताउनु भएको छ । शनिबार बुटवलमा जनयुद्ध दिवशको अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कसैले चाहाँदैमा जनयुद्ध नामेट नहुने बताउनु भयो । जनयुद्धका कमाण्डर समेत रहुनुभएका नेता खनालले पेरुको उदाहरण दिदै निहुँ खोजे कङ्काल खोतलेर भए पनि युद्ध गर्ने बताउनु भयो । उहाँले कसैले हेग लैजाने धम्किले नडराउने भन्दै आफुहरुलाई जेल हालेर देखाउन चुनौती दिनु भयो । नेता खनालले समाजमा उथलपुथल आइरहने उल्लेख गर्दै ओलीलाई हेरेर विश्लेषण गर्नेहरुले ईतिहास र भविष्य नभएको वर्तमानको कुनै काम नभएको बुझ्नु पर्ने बताउनु भयो । उहाँले ईतिहास र भविष्य आफुहरु भएको दाबी गर्नु भयो । प्रधानमन्त्री ओली बसका बस मान्छे उतारेर चर्तिकला देखाएको आरोप लगाउँदै नेता खनालले सरकारले काम गर्न छाडेर आम सभा गर्दै हिंडेको नेपाल बाहेक कुन देशमा छ भन्दै प्रश्न गर्नु भयो । सो कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य वामदेव क्षेत्रीले संघिय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नु भयो । हजारौँको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएका कारण सचेत रहन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा नेकपा रुपन्देही अध्यक्ष राजु गुरुङले दश बर्षे जनयुद्ध र जनआन्दोलनको वलमा प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र माथि कु हुने अवस्था रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान च्यातेर प्रतिगमन गरेको उल्लेख गर्दै त्यस विरुद्ध लाग्नु पर्ने बताउनु भयो ।