Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरे : ओली

2 weeks ago
विशेषाधिकार-प्रयोग-गरेर-संसद-विघटन-गरे-:-ओली

फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनु भएको छ । शनिबार बुटवल आयोजित नेकपा (ओली) समुहको आम सभालाई सम्बोधन गर्दै सो समुहका अध्यक्ष समेत रहनुभएका ओलीले आफुले संविधान सम्मत ढंगले संसद विघटन गरेको भन्दै आफ्नो कदमको बचाउ गर्नु भएको हो । माधव प्रचण्ड समुहले कामै गर्नै नदिएको बताउँदै आउनु भएका प्रधानमन्त्रीले ओलीले आफै दाबी विपरीत आफ्नो सरकारले इतिहासमै उल्लेख्य काम गरेको दाबी गर्नु भयो । उहाँले सरकारले काम गरेको देखेर सरकार ढलाउन लागि परेको आरोप लगाउनु भयो । उहाँले माधव प्रचण्ड समुहलाई कुतत्वको संज्ञा दिनु भयो । माधव प्रचण्ड बाहिरीए पनि पार्टी भित्र महासुद्धि भएको ओलीको जिकिर छ । भाषणको अधिकांश समय माधव प्रचण्ड समुह विरुद्ध खनियका ओलीले हिम्मत भए निर्वाचनमा भाग लिएर देखाउन चुनौती दिनु भयो । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको पार्टीले ५० लाख लोकप्रिय मत र बहुमत प्रत्यक्ष निर्वाचित सिट ल्याउने दाबी गर्नु भयो ।