माघ ३० । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको तीन दिवसिय विभिन्न रचनात्मक कार्यक्रम संगै हिसान सप्ताह शुक्रबारबाट सुरु भएको छ । माध्यमिक विद्यालय तहका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सुरु भएको हिसान सप्ताहमा जिल्ला स्तरीय भलिवल, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिताहरु भएका छन । सप्ताह अन्तरगत शुक्रबार ‘कोभिड–१९ को असर सुरक्षित भविष्यको आधार विषयक’ वक्तृत्वकला प्रतियोगिता भएको छ । हिसान अन्तरगतका १७ संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगितामा बुद्ध पब्लिक देवदहका दिया नेपाल प्रथम, एभरेष्ट मावि बुटवलका सन्ध्या अर्याल द्वितीय, होराईजन मावि बुटवलका स्मारिका न्यौपाने तृतिय भईन भने सेन्ट जोसेफ भलवारीका कृष्ण भट्टराईले सान्त्वनाले सान्त्वना स्थान हासिल गरेको हिसान रुपन्देहीका कार्यक्रम संयोजक मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । यस्तै शुक्रबार नै हिसान रुपन्देही जिल्ला स्तरीय अन्तरमावि भलिवल प्रतियोगिता पनि शु? भएको छ । १६ छात्रा र १५ छात्र गरि ३१ समुहह?को सहभागिता रहेको प्रतियोगिताको हिसानकै केन्द्रीय निर्देशक आरसी आचार्यले उद्घाटन गर्नु भयो । उहाँले खेलले विद्यार्थीमा स्फुर्ती संगै मित्रतापुर्ण भावनाको विकास गर्ने भएकाले खेलकुद संगै विभिन्न समयमा अतिरिक्त कृयाकलापहरु हुन जरुरी रहेको बताउनु भयो । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडानम्बर ४ का वडाध्यक्ष दिवाकर ढकाल, प्राध्यापक रामलाल श्रेष्ठ, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका बरिष्ठ उपाध्यक्ष दिनेश भुषाल, सदस्य बाबुराम बन्जाडे लगायतले खेलकुद जीवनको अभिन्न अंग रहेको बताउनुभयो । भलिवल प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो चरणको खेलमा छात्रतर्फ ८ र छात्रातर्फ ७ टिम विजयी भएका छन । छात्र तर्फ मणिमुकुन्द मावि, तिलोत्तमा मावि, सेन्ट जोसेफ मावि, दीप बोर्डिङ्ग, एभरेष्ट मावि, कुवरवर्ती मावि, न्यू होराईज मावि र सिद्धार्थ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन । यस्तै छात्रा तर्फ दीप बोर्डिङ्ग, तिलोत्तमा फर्साटिकर मावि, न्यू होराईज मावि, सिद्धार्थ मावि, होराईजन जिविएस, मनिमुकुन्द मावि र सगरमाथा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको सचिव पुष्प घिमिरेले जानकारी दिनुभयो । शनिबार छात्रछात्रातर्फको दोस्रो चरणको भलिवल प्रतियोगतासँगै जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने हिसानका कोषाध्यक्ष तुल्सि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।