Devdaha Tv | राजनीति
फाल्गुण १८ २०७७ | 2021 Mar 02
Flash News

कर खारेजीको माग गर्दै राप्रपाको ज्ञापनपत्र

2 weeks ago
कर-खारेजीको-माग-गर्दै-राप्रपाको-ज्ञापनपत्र

माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले भुमिहिन तथा अव्यवस्थीत बसोबासीले जग्गाधनी पुर्जा लिन तिर्नु पर्ने कर खारेजीको माग गर्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहिबार करका कारण जनतामा धेरै आर्थिक भार परेको भन्दै सो पार्टीका नगर अध्यक्ष माधव रीमालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । अहिलेको ब्यवस्थामा विचौलियाहरुमा चलखेल वढ्ने राप्रपाको दाबी छ । भुमिहिनले निशुल्क जग्गा प्राप्त गर्नु पर्ने राप्रपाको माग छ । अन्यथा कडा संघर्ष गर्ने राप्रपाको चेतावनी दिएको छ । जग्गा धनी पुर्जा प्राप्त गरेको १० बर्ष सम्म वेचविखन गर्न नपाउने ब्यवस्था अव्यवहारीक भएको सो पार्टीको ठहर छ ।