Devdaha Tv | खेलकुद
माघ ५ २०७७   | 
devdahaTv-info

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

  • 5 days ago

पुस २९ । पाल्पालाई १ सय ५८ रनको भारी अन्तरले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’बाट फाइनल पुगेको छ । रुपन्देहीले बिहीबार समूह ‘बी’को विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २ सस ५४ रन बनायो । उसका लागि शौरभ खनालले ८४, प्रकाश केसीले नटआउट ७४, कृष्ण कार्की नटआउट ३३ र संदीप रजालीले २२ रनको योगदान गरे । बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाल्पाले ३६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो । उसका लागि रुपेश बश्याल (ए) ले ४१, रुपेश बश्याल (बी) ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३–३ तथा धनबहादुर साहीले २ विकेट लिए । रुपन्देहीका शौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए ।
 

सम्बन्धित समाचार