Devdaha Tv | समाज
माघ ५ २०७७   | 
devdahaTv-info

शुद्ध खानेपानीको ब्यवस्था गर्न सबै एकजुट हुनु पर्नेमा जोड

  • 5 days ago

पुस २९ । शुद्ध खानेपानीको ब्यवस्था गर्न सबै एकजुट हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । मानिसको शरीरमा देखा पर्ने विभिन्न रोगहरुको प्रमुख कारण खानेपानीका भएका कारण सबै नेपाली नागरिकले शुद्ध खानेपानी पाउनु पर्नेमा जोड दिएका हुन । बुधबार रुपन्देहीको देवदहमा रहेको केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तेस्रो बार्षिक साधारण सभा कार्यक्रममा बोल्ने सरोकारवालाहरुले शुद्ध पिउने पानीको व्यवस्था गर्नु चुनौती रहेको बताएका हुन । कार्यक्रममा बोल्दै देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिका शुद्ध पिउने पानीको व्यवस्था गर्न लागि परेको बताउनु भयो । धर्म प्राप्तिका लागि पानी खुवाउने नेपाली समाजको परम्परा भएको स्मरण गर्दै संस्थालाई नाफामुखी भन्दा सेवामुखी बनाउन उहाले सुझाउनु भयो । उप–प्रमुख गुरुङले देवदहको मधेषी समुदायको बाहुल्यता भएका ठाउँहरुमा चेतनाको कमी भएकाले सचेतना कार्यक्रम चलाउनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाले सामान्य शुल्क समेत तिर्न नसक्ने उपभोक्ताहरुलाई मापदण्ड निर्माण गरेर निशुल्क पिउने पानीको ब्यवस्था गर्न संस्था संग आग्रह गर्नु भयो । कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम संस्थाका संरक्षक रमेश शर्मा भुषाल, देवदह–२ का अध्यक्ष धर्मागत पाण्डेय, संस्थापक अध्यक्ष प्रजापती सापकोटा, सल्लाहाकार बोधराज गौडेल, नेकपा नेता गणेश कुमार खाती, नेपाली काग्रेसका दिपक शर्मा भुषाल, राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धि बहादुर राना, बर पिपल कृर्षि सहकारीका अध्यक्ष तेज लाल डुम्रे र सरस्वती माविका प्रधानाध्यापक पदम बहादुर थापाले बोल्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष कालुराम थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई शुद्ध खानेपानी पु¥याउन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष यम बहादुर आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७६/०७७ मा संस्थाको नाममा ४० लाख ६४ हजार ७४ रुपैयाँ बैक मौज्दात रहेको जानकारी दिनु भयो । कार्यक्रम संस्थाकी सह–सचिव गिता भण्डारीको स्वागत र व्यवस्थापक शकुन्तला शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  

सम्बन्धित समाचार