Devdaha Tv | समाज
माघ ५ २०७७   | 
devdahaTv-info

लागु औषध प्रयोग तथा एचआइभी एड्स रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम 

  • 6 days ago

पुस २८ । रुपन्देहीको देवदहमा लागु औषध प्रयोग तथा एचआइभी एड्स रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार लियो क्लब अफ देवदहको आयोजना र आशा फाउण्डेसनको सहकार्यमा देवदह बुद्ध पब्लिक माविमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै देवदह नगर उप–प्रमुख विद्यालक्ष्मी गुरुङले युवाहरुलाई राजनितिमा आउन आग्रह गर्नु भयो । उहाले पछिल्लो समय अध्यनका लागि विदेश जाने प्रवृती देखिएको उल्लेख गर्दै स्वदेशमै केही गर्ने अठोट गर्न आग्रह गर्नु भयो । लागु औषध प्रयोगका कारण परीवार समाज र सिंगो राष्ट्रलाई क्षती हुने भएकाले यस बिषयमा सचेतना चगाउनु पर्नेमा उहाले जोड दिनु भयो । कार्यक्रममा लायन्स क्लब अफ देवदहका अध्यक्ष राम बहादुर गुरुङ र बुद्ध पब्लिक माविका प्रिन्सिपल कृष्ण गैरेले समाज रुपान्तरणमा लाग्न युवाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमको सहजिकरण आशा फाउण्डेसनका कार्यक्रम संयोजक मोहन पाण्डेय र प्रशिक्षक सोया पुन मगरले गर्नु भएको थियो । कार्यक्रम क्लबकी अध्यक्ष श्रद्धा केसीको अध्यक्षता र सचिव प्रविन गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

सम्बन्धित समाचार