Devdaha Tv | खेलकुद
माघ ५ २०७७   | 
devdahaTv-info

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरास विजयी

  • 1 week ago

पुस २७ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुष तर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा सोमबार समूह ‘ए’को खेलमा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । नवलपरासीको यो लगातार दोस्रो जित हो । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले बर्दियालाई २ विकेटले पराजित गरेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १ सय ३६ रनको योगफल बनाएको थियो । उसका लागि जितेन्द्र साहनीले ५८, रंजित खड्काले २२ र सद्धाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षेत्रीले ३, श्रीधर बश्याल, सुरेश गोदार र रुपेश बश्यालले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाल्पाले २३ दशमलव ४ ओभरमा सबै विकेट गुमाई १ सय ९ रनमै समेटियो । उसका लागि नरेश कुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए । बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनिष पाण्डेले समान २–२, जगदीष चौधरी र अजित यादवले १–१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए । मौसमका कारण आजको खेल २८ ओभरमा छोट्याइएको थियो । भोलि समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार