Devdaha Tv | राजनीति
माघ ५ २०७७   | 
devdahaTv-info

वसन्त पौडेलको तेश्रो स्मृति दिवसको अवसरमा रक्तदान

  • 1 week ago

पौष २१ । वसन्त पौडेलको तेश्रो स्मृति दिवसको अवसरमा रुपन्देहीको देवदहमा रक्तदान गरीएको छ । मंगलबार सहिद दुर्गा–वसन्त स्मृति प्रतिष्ठानको आयोजनामा देवदह–३, सूर्यपुरामा रक्तदान कार्यक्रम गरीएको हो । सो अवशरमा २३ प्वाईन्ट रगत संकलन भएको प्रतिष्ठानका उपाध्यक्ष एवम कार्यक्रम संयोजक सन्दिप तिवारीले जानकारी दिनु भयो । रक्तदान कार्यक्रम पछिको स्मृति सभामा बोल्ने वक्ताहरुले अपराध मुक्त समाज निर्माण गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिएका छन । देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले सामाजिक रुपान्तरणमा लाग्न युवाहरुलाई आग्रह गर्नु भयो । समाजमा हुने अपराध न्युनिकरण गर्नु युवाहरुको प्रमुख दायित्व भएका कारण सकारात्मक मार्गमा लाग्न उहाँले आग्रह गर्नु भयोे । प्रतिष्ठानका संरक्षक तथा वसन्त पौडेलका बुवा निलकण्ठ पौडेलले आफ्नो छोराको हत्याराहरु खुलेआम हिडिरहेको भन्दै कार्वाहीको माग गर्नु भयो । कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष सिद्धिचरण भट्टराई, देवदह–४ का अध्यक्ष दिपक चापागाई लगायतले बोलेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दिपेश विक्रम मल्लको अध्यक्षता र सहसचिव गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको थियो । पौडेललको २०७४ पुस २१ गते गोली हानी हत्या गरीएको थियो । फर्निचर व्यवसायी पौडेलको हत्याको जिम्मा लिएका देवदहकै गुण्डा नाइके मनोज पूनको प्रहरी इनकाउन्टरमा मृत्यु भइसकेको छ । 
 

सम्बन्धित समाचार