Devdaha Tv | राजनीति
माघ ५ २०७७   | 
devdahaTv-info

भवानीपुर देवीदमार सिंचाई योजनाको शिलान्यास

  • 2 weeks ago

पुस २० । रुपन्देहीको देवदहमा भवानीपुर देवीदमार सिंचाई योजनाको शिलान्यास गरीएको छ । सोमबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री चौधरीले विकासका लागि सक्रियता वढाउनु पर्ने बताउनु भयो । प्रदेश सरकारले विनियोजन गरेको रकम खर्च हुन नसकेको उल्लेख गर्दै बजेट खर्च गर्ने तर्फ स्थानिय सक्रिय हुनु पर्ने बताउनु भयो । देश संघिय प्रणालीमा गए पछि जनताले घर घरमै सरकार भएको महसुस गरेको भन्दै तीनै तहले निर्माण गरेको योजना कार्यान्वयन हुन सके मात्रै देशको विकास हुने बताउनु भयो । उहाँले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सरकारले विकास बजेट खर्च गरेको दाबी गर्नु भयो । मन्त्री चौधरीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पालिका केन्द्रहरुलाई सडक सञ्जालमा जोड्ने, मधेष क्षेत्रका विद्यालयहरुको भौतिक संरचना सुधार गर्ने लगायतका कार्यहरु भइरहेको जानकारी दिनु भयो ।  अहिले तीन तहको सरकार भएकाले बजेटको आकार वढेको र सोही अनुरुप बिकास निर्माणले पनि गती लिएको जिकिर गर्नु भयो । उहाँले सरकारले खानेपानी, सिंचालाई पहिलो प्राथमिकतामा राखेर वास परीयोजना संञ्चालन गरेको जानकारी दिनु भयो ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानले यस क्षेत्रको भौतिक पूर्वाधार विकासमा आफु लागि परेको बताउनु भयो । नेपाल कृर्षि प्रधान देश भए पनि नेपालको उत्पादनले खान समेत नपुग्ने स्थीती भएकाले कृर्षि उत्पादनलाई बढाउनु पर्नेमा उहाँले जोड दिनु भयो । सो कार्यक्रममा देवदह नगरपालिकाकी कार्यबाहाक प्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाले कृर्षिलाई आधुनिकिकरण गर्न विभिन्न योजना सञ्चालन गरेको जानकारी दिनु भयो । नगरपालिकाले कृर्षि उत्पादन बढाउने उद्देश्यले खेत चाक्लाबन्दि गर्ने योजना अघि सारेको जानकारी दिदै सहभागिता हुन कृषक संग आग्रह गर्नु भयो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शुशिल चन्द्र तिवारीले सिंचाई योजना समयमै सम्पन्न गर्न निर्माण कम्पनी संग आग्रह गर्नु भयो । उहाँले मन्त्रालयले समयमै निर्माण सम्पन्न गर्न आवश्यक प्राविधिकहरु उपलब्ध गराउने समेत जानकारी दिनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु दिपक चापागाई, डण्डपानी भट्टराई, स्थानिय समाजसेवी यमलाल लुइटेल र कृषक बुद्धिराम थारुले बोल्नु भएको थियो । योजना निर्माणको ठेक्का मर्चवारी चण्डी जेभी भैरहवाले पाएको छ । ३ करोड ६७ लाख १६ हजार ५ सय ४३ मा ठेक्का सम्झौता भएको भवानीपुर देवीदमार सिंचाई जल उपभोक्ता समितीका अध्यक्ष मान बहादुर थारुले जानकारी दिनु भयो । योजना सम्पन्न भएपछि करीब ४ सय घरधुरी किसान लाभान्वित हुने अनुमान गरीएको छ । 

सम्बन्धित समाचार